देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुको तर्फबाट तनहुँ घटनाको भर्त्सना

0

काठमाण्डौैं – नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रामचन्द्र पोख्रेल लगाएतका नेताहरु घाइतेहुने गरि भएको दमन र हस्तक्षेपको नेपाली कांग्रेस सम्बद्ध विभिन्न देशका नेपाली जनसम्पर्क समितिहरुले कडा निन्दा र भर्त्सना गरेका छन् । विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुको तर्फबाट आज संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथी आज उनको गृहजिल्ला तनहुँमा भएको प्रहरी दमन र हस्तक्षेपको कडा निन्दा र भर्त्सना गरेका हुन् ।

“यो दमन र गिरफ्तारी वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको विद्रुप रुप हो भन्ने हाम्रो बुझाई छ। कम्युनिष्ट अधिनायकवाद यस्तै दमन र हर्कतको आवरणमा लोकतन्त्रको खिलाप सार्वजनिक हुने गर्दछ। आजको यस घटना सर्वसत्ताबादतर्फ उन्मूख वर्तमान कम्युनिष्ट सरकारले मुलुकको जिम्मेवार पार्टीका वरिष्ठ नेतामार्फत सिंगो पार्टी र लोकतान्त्रिक आचरणमाथि प्रहार गरेको ठहर गरेका छौं।” विज्ञप्तीमा उल्लेख छ ।

लोकतन्त्रमा शान्तिपूर्वक भेला हुने,आफ्ना कुराहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र विकास निर्माणका कामलाई विना कुनै अवरोध संचालन गर्न पाउने आधारभूत हक,अधिकारको सुरक्षा गरिएको हुन्छ। तर आफ्नै सरकारको पालामा निर्माण सम्पन्न भएको पूल उद्घाटन जाने क्रममा नेपाली कांग्रेसका नेतामाथि ओली सरकारको ठाडो निर्देशनमा भएको यस किसिमको प्रहरी हर्कत,धरपकड र गिरफ्तारीले सरकारको अधिनायकवादी अनुहार र चरित्र समेत उदांगो भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अगाडी भनिएको छ – “हामी पार्टीका वरिष्ठ नेतासहित अन्य नेतागण र साथीहरुमाथि आज भएको बर्बर प्रहरी दमन र हस्तक्षेपको विरुद्ध नेपाली कांग्रेस पार्टीले गर्ने सबैखाले प्रतिरोधप्रति ऐक्यवद्धता जाहेर गर्दै वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको दिनगन्ती आजको घटनाबाट सुरु भएको चेतावनी समेत दिन चाहन्छौं।”

विज्ञप्ती जारी गर्ने नेपाली जनसम्पर्क समितिका सभापतिहरु –
१, आनन्द बिष्ट , आमन्त्रित केन्द्रिय सदस्य एबं सभापति नेजस अमेरीका
२, बालकृष्ण पाण्डे आमन्त्रित केन्द्रिय सदस्य एबं सभापति नेजस भारत
३, सीता सापकोटा , सभापति नेजस बेल्जियम
४, लेख बहादुर गुरुङ सभापति नेजस मकाउ
५, पदम सुन्दर गुरुङ सभापति नेजस बहराइन
६, खगेश्वर अधिकारी सभापति नेजस इजरायल
७, शिखर खड्का सभापति नेजस जर्मनी
८, सिता अर्याल सभापति नेजस साईप्रस
९, डा एलिनी पोख्रेल सुवेदी सभापति नेजस पोल्याण्ड
१०, शुक्रराज न्यौपाने नेजस आईरल्याण्ड
११, शंकर न्यौपाने काबा सभापति नेजस कतार
१२, आस्थाबिन्दु मल्ल सभापति नेजस दक्षिण कोरिया
१३, बिनोद घिमिरे सभापति नेजस पोर्चुगल
१४, ईन्द्र शर्मा सभापति नेजस स्पेन
१५, मीन गुरुङ सभापति नेजस हङकङ
१६,युवराज गुरुङ सभापति नेजस बेलायत
१७, बुद्धी प्रकाश ओली सभापति नेजस क्यानाडा
१८,प्रेमजंग गुरुङ सभापति नेजस नेदरल्याण्ड
१९, सुधिर राना सभापति नेजस फ्रान्स
२०,जितेन्द्र शाहि सभापति नेजस नर्वे
२१, शालिक चापागाई काबा सभापति नेजस ओमन
२२, भुवानी प्रसाद तिमिल्सिना सभापति नेजस यूएई
२३, राजेन्द्र रसाईली बिरही सभापति नेजस कुवेत
२४, रोशन के सी सभापति नेजस जापान
२५, बालकृष्ण सापकोटा सभापति नेजस लकजेम्बर्ग
२६, बुद्धिसागर घिमिरे सभापति नेजस न्यूजील्याण्ड
२७, दीपक रेग्मी सभापति नेजस साउदी अरेबिया
२८, नबिन थपलिया सभापति नेजस स्विडेन
२९, श्याम सापकोटा सभापति नेजस स्विजरल्याण्ड
३०, चोला कान्त पंगेनी सभापति नेजस मलेसिया
३१, बिरेन्द्र सिंह कार्की सभापति नेजस डेनमार्क
३२, राजन कुमार जमकटेल सभापति नेजस चीन
३३, कृष्ण गिरी सभापति नेजस अष्ट्रेलिया
३४, सन्देश के सि नेजस माल्टा

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार