देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विश्वभर २८ लाख कोरोना संक्रमित थपिए

0

काठमाडौं – विश्वभरीनै  कोरोना संक्रमण दर निरन्तर उकालो लागिरहेको छ। अहिले विश्वमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ।

पछिल्लो २४ घन्टामा मात्रै २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन्।

अमेरिकामा ४ लाख ३२ हजार

इटलीमा २ लाख २८ हजार

ब्राजिलमा एक लाख ३२ हजार

अर्जेन्टिमा एक लाख २० हजार

र बेलायतमा ९४ हजार जनामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा १५ लाख ६३ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ७ हजार ६४० संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा अमेरिकामा मात्रै एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन्।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार