देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

0

काठमाडौँ – विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ९ लाख ४४ हजार ३ सय ५८ रहेको छ ।

अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शुक्रबार बिहान कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड ५९ हजार ८ सय ९६ पुगेको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म संक्रमितको संख्या ६६ लाख ७४ हजार भन्दा बढी भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ९७ हजार ६३३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणको हिसाबले भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ लाख १४ हजार ६७७ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजारभन्दा बढीको मृत्यु भएको जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

कोरोना भाइरसको संक्रमणको हिसाबले ब्राजिल दोस्रो स्थानमा रहेको छ । कोरोना संक्रमणबाट मृत्युको देशको सूचीमा दोस्रो स्थानमा छ । ब्राजिलमा शुक्रबार बिहान ११ बजेसम्म कोरोना संक्रमितको संख्या ४४ लाख ५५ हजार ३८६ पुगेको छ । संक्रमणबाट त्यहाँ हालसम्म १ लाख ३४ हजार ९३५ जनाको मृत्यु भएको छ ।

त्यस्तै चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या १० लाख ८१ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट करिब १९ हजारको मृत्यु भएको छ । रुसमा संक्रमण पुष्टि भएकामध्ये करिब ९ लाख जना संक्रमण मुक्त भएका छन् ।

यस्तै, पेरुमा कोरोना संक्रमितको संख्या ७ लाख ४४ हजार नाघेको छ । कोलम्बियामा ७ लाख ४३ हजार, मेक्सिकोमा ६ लाख ८४ हजार, दक्षिण अफ्रिकामा ६ लाख ५५ हजार र स्पेनमा ६ लाख २५ हजार पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार