देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विश्वमै सर्वाधिक जनसंख्या भएको चीनमा जनगणना सुरु

0

काठमाडौं – विश्वमै सर्वाधिक जनसंख्या भएको चीनमा जनगणना सुरु भएको छ । जनगणनाका लागि खटिएका गणकले मोबाइल एपको प्रयोग गर्ने अलजजीराले उल्लेख गरेको छ ।

७० लाख सामुदायिक कार्यकर्ता तथा स्वसेवक खटाइएको जनगणना सम्पन्न गर्न करीब २ वर्ष लाग्ने अनुमान चीन सरकारको छ । जनसंख्या वृद्धि, स्वास्थ्य, परवहन, श्रम र अन्य सेवाका लागि श्रोत छुट्याउन चीनमा हरेक १० वर्षमा जनगणना गर्ने गरिन्छ ।

सन् २०१० मा भएको जनगणना अनुसार चीनको जनसंख्या एक अर्ब ३३ करोड ९७ लाख २४ हजार ८ सय ५२ थियो । दश वर्षको अवधिमा सो जनसंख्यामा ५ दशमलव ८३ प्रतिशत प्रतिशत वृद्धि भएको अनुमान छ ।

पछिल्लो समय वृद्धवृद्धाको संख्यामा वृद्धि र श्रम उमेरका जनशक्ति कम भएसंगै चार वर्षदेखि चीन सरकारले एक बच्चाको नीति खारेज गर्दै हरेक दम्पतीलाई २ वटासम्म बच्चा जन्माउन सक्ने अनुमति दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार