देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विश्वासको मत लिँदै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल

0

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।

गत शुक्रबार नै नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए।

बागमतीको एक सय १० सदस्यीय प्रदेश सभामा बहुमत कायम रहन जमकट्टेलले ५६ मत प्राप्त गर्नुपर्छ। यस प्रदेशको प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेशले भने बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलका विपक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार