देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विश्‍वासको मत लिँदै मधेशका मुख्यमन्त्री

0

काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन्। जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै यादवले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादव विश्वासको मत लिने भएकाले आज दिउँसो २ बजे प्रदेशसभा बैठक डाकिएको छ । नेपाल संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आइतबार दिनको २ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयका निमित्त सचिव अरूण कुमार झाले सूचना जारी गरेका छन् ।

जनमतले छाडेका दुई मन्त्रालय कांग्रेस र माओवादीलाई दिने सहमतिमा दुवै दलले विश्वासको मत दिने सहमति छ। मधेशमा १०७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९-९ सांसद छन्।

मुख्यमन्त्री यादवको कार्यशैलीले सत्ता गठबन्धनकै दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसका सांसदहरू असन्तुष्ट छन् । तर गठबन्धनका केन्द्रीय नेताहरूको दबाबमा मुख्यमन्त्री यादवलाई सत्तारुढ सबै दलले विश्वासको मत दिने बुझिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार