देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विस्फोटक पदार्थसहित चन्द समूहका ५ कार्यकर्ता पक्राउ

0

(संखुवासभा) – विस्फोटक पदार्थसहित प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफा पोखरीबाट प्रहरीले पक्राउ गरेको छ ।

चन्द समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङ सहित पाँच जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्य चार जनाको नाम भने प्रहरीले खुलाएको छैन । माघ २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले माघ ६ गतेमात्र सार्वजनिक गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार