देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीपी प्रतिष्ठानमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु

0

सुनसरी – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया महिला, दुहवी नगरपालिकाका ६५ वर्षीय पुरुष र धनकुटाका ६१ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो ।

दुहवीका ६५ वर्षीय पुरुषको आज बिहान ३:५० बजे मृत्यु भएको थियो । यही १४ असोजमा अस्पताल भर्ना गरिएका उनलाई असोज १५ मा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

यस्तै, आजै बिहान ६:४० बजे मृत्यु भएका धनकुटाका ६१ वर्षीयालाई यही असोज १६ गते अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण गर्दा असोज २० गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

असोज २१ गतेको पीसीआर रिपोर्टमा कोरोना पाजिटिभ देखिएपछि धरानकी महिलालाई २२ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वासको समस्याबाट लामो समयदेखि पीडित ती महिलाको शनिबार राति ८ बजे मृत्यु भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार