देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुनसरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

0

सुनसरी – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सुनसरीमा आइतबार थप दुई जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका-८ लाङ्घाली चोककी ८३ वर्षीया वृद्धा र अर्का इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षीय वृद्धको मृत्यु भएको हो ।

धरानकी वृद्धा महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । असोज ३० गते पीसीआर जाँच गर्दा उनमा कोरोना पाजिटिभ रिपोर्ट आएको थियो ।

इटहरी उपमहानगरपालिका–१ का कोरोना संक्रमितको आइतबार बिहानै मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मुटु र मधुमेहको दीर्घरोगी समेत रहेका ७९ वर्षीय वृद्धको बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनलाई असोज २६ गते पीसीआर जाँच गर्दा कोरोना पाजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा २७ गते भर्ना गरिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार