देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीपी प्रतिष्ठानमा उपचाररत थप ४ जनाको मृत्यु

0

सुनसरी – सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप चार जना कोरोनो संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकाका एक महिला, धनकुटाको साँगुरीगढी निवासी एक वृद्ध र झापाका दुई जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार बराहक्षेत्र नगरपालिका–३ की ४४ वर्षीया कोरोना संक्रमित महिला उपचारको क्रममा मृत्यु भएको हो । कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी मिर्गौला रोगी थिइन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–८ भेडेटारका ७२ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । भेडेटथारका ७२ वर्षीय वृद्धमा भने मृत्युपछि कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी कात्तिक २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

यस्तै, कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएका झापाका ८० वर्षीय वृद्धलाई कात्तिक २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । झापाकी २५ वर्षीया कोरोना संक्रमित महिलाको पनि पतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक २६ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । कात्तिक २७ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार