देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीपी प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

0

सुनसरी – उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा २ बस्ने ६७ वर्षीया ती महिलाको मंगलबार राति मृत्यु भएको हो ।

साउन २५ गतेदेखि उच्च ज्वरो, अत्यधिक खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विराट मेडिकल कलेजमा लगिएको थियो । त्यहाँबाट भदौ २ गते मंगलबार बिहान वीपी प्रतिष्ठानमा रिफर गरेको थियो ।

उनलाई मुटुको पनि समस्या रहेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार