देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

0

सुनसरी – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा सप्तरीको राजविराज नगरपालिका–३ का ७० वर्षीय र मोरङको कानेपोखरी–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानको प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार गत भदौ २८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका राजविराजका ७० वर्षीयको उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको हो । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा भदौ २५ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

निमोनियाका साथै ज्वरो आउने, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय वृद्धलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले धरान रेफर गरेको थियो ।

यस्तै, मोरङका ५५ वर्षीय पुरुषको बिहीबार राति ८:३० बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । आन्द्राको क्यान्सरको शल्यक्रियापछि उपचार भइरहेको अवस्थामा कोरोना संक्रमित भएर उनी असोज ५ गते कोभिड अस्पतालकै आईसीयूमा भर्ना भएका थिए ।

प्रवक्ता सापकोटाका अनुसार उनी आन्द्राको क्यान्सरकै कारण शरीरको अन्यभागमा पनि क्यान्सर फैलिएको अवस्थामा सर्जिकल आईसीयूमा उपचाररत रहेका थिए । कोरोना पुष्टि भएपछि असोज ८ गते प्रतिष्ठानकै आइसोलेसनमा राखेर उनको उपचार भइरहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार