देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीरगञ्जमा गरिएको परीक्षणमा थप ५० कोरोना पुष्टि

0

पर्सा – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ३१ जना पर्साका, ८ जना बारा, ४ जना धनुषा, ३ जना महोत्तरी, दुई जना सर्लाही, एक/एक जना काठमाडौं र रौतहटका बासिन्दा हुन् ।

पर्साको ३३ जनामध्ये १० जना पोखरिया नगरपालिका, ३ जना कालिकामाई, वीरगञ्जलगायत ठाउँका छन् । कन्ट्याक्ट ट्रेसिङको क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१९ हजार १ सय ३० जनाको स्वाब संकलन भएकोमा ३ सय ४० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । ३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भइसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार