देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीरगञ्ज कारागारका ११८ जनाको स्वाब संकलन

0

पर्सा – वीरगञ्ज कारागारका १ सय १८ जनाको आज स्वाब संकलन गरिएको छ ।

गत बुधबार कारागारका कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मी समेतमा कोरोना संक्रमण पुष्टि भएपछि आज स्वाब संकलन गरिएको हो ।

कारागारका जेलर श्रवण कुमार पोखरेलका अनुसार आज ५५ पुरुष कैदी, ९ महिला कैदी, १ आश्रित बालक, ३१ नेपाली सेनाका जवान, ५ नेपाल प्रहरीका जवान र १५ कारागारका कर्मचारीको स्वाब संकलन गरिएको हो ।

संकलित स्वाब पीसीआर विधिबाट परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार