देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीरगञ्ज भन्सारले मासिक राजश्व असूली लक्ष्य भेट्टाउन सकेन

0

वीरगञ्ज – पर्साको वीरगञ्जस्थत सिर्सिया सुख्खा बन्दरगाह र वीरगञ्ज भन्सार कार्यालयले गत मंसिर महिनामा १७ अर्ब ४४ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । तर, दुबै भन्सार कार्यालयले यस महिनामा मासिक राजश्व असूली लक्ष्य भेट्टाउन भने सकेनन् ।

वीरगञ्ज भन्सार कार्यालयले मंसिरमा १४ अर्ब ४८ करोड ७२ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन मासिक लक्ष्यको ७४ दशमलव ६० प्रतिशत मात्र हो । यस महिनामा १९ अर्ब ४२ करोड ३० लाख ७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो ।

चालू आर्थिक वर्षको मंसिर सम्ममा ६५ अर्ब २५ करोड ५५ लाख ६३ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको यो भन्सारले यस अवधिमा ५८ अर्ब १५ करोड ९९ लाख १८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ८९ दशमलव १३ प्रतिशत हो ।

यस्तै, सिर्सिया सुक्खा बन्दरगाह भन्सार भन्सार कार्यालयले मंसिरमा २ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन मासिक लक्ष्यको ६० दशमलव २४ प्रतिशत हो । यस महिनामा ४ अर्ब ९२ करोड २६ लाख ६४ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो ।

चालू आर्थिक वर्षको मंसिर सम्ममा यो भन्सारले १६ अर्ब ३४ करोड ८१ लाख १९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएकोमा १४ अर्ब ३४ करोड १५ लाख ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ८७ दशमलव ७३ प्रतिशत हो । कार्यालयका सूचना अधिकृत चुडामणि शर्मा कट्टेलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष राजश्व असूली लक्ष्य बढी रहेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार