देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

0
<p>नारायणी अस्पताल</p>

नारायणी अस्पताल

पर्सा – कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बाराका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा ८ दिनदेखि उपचार गराइरहेका बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ ।

उनको सोमबार राति १० बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । उनलाई भदौ १४ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो ।

उनी मधुमेहका समेत बिरामी थिए । सोमबार वीरगन्ज हेल्थ केयर अस्पतालमै ५४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार