देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीरगन्ज महानगरपालिकाका मेयर एमालेमा प्रवेश

0

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र माला लगाएर सरावगी एमालेमा प्रवेश गरेका हुन् ।

बाराको प्रसौनीमा शनिबार दिउँसो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरावगीलाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी हालः जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य पनि थिए ।

२०७४ को स्थानीय तहमा सरावगी १९ हजार ३ सय ९३ मत ल्याएर निर्वाचित भएका थिए । मेयरमा निर्वाचित भएको दुई वर्ष नबित्दै सरावगीलाई आफ्नै पार्टीका नेताहरुबाट असहयोग हुन थालेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार