देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वृद्धामाथि यौन शोषण गरेको अभियोगमा एक पक्राउ

0

काठमाडौं – भारतमा श्रीमतीको उपचारमा सहयोगीको रुपमा लगिएकी वृद्धालाई यौन शोषण गरेको अभियोगमा प्रहरीले एक जनालाई चितवनबाट पक्राउ गरेको छ ।

मानव बेचबिखन नियन्त्रण ब्यूरोको टोलीले लमजुङको बेसीशहर घर भई काठमाडौको चन्द्रागिरी बस्ने ६३ वर्षीय चन्द्रबहादुर अधिकारीलाई चितवनबाट पक्राउ गरेको हो ।

कमजोर आर्थिक अवस्था भएकी ६६ वर्षीया वृद्धालाई चन्द्रबहादुरले गत पुसमा रक्सौल नाका हुँदै भारतको कोलकत्ता पुर्‍याएको प्रहरीले जनाएको छ ।

श्रीमती बिरामी भएको तथा थप उपचारको लागि भारत लग्नुपर्ने र त्यहाँ उनको स्याहार–सुसार तथा हेरविचार गर्न भनेर चन्द्रबहादुरले ती वृद्धालाई कलकतास्थित मुकुन्दपुरमा पुर्‍याएर यौन शोषण गरेको ब्यूरोले जनाएको छ ।

चन्द्रबहादुरविरुद्ध थप अनुसन्धान भईरहेको ब्यूरोका एसपी अनुराग कुमार द्विवेदीले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार