देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वेवारिसे अवस्थामा करिब २ लाख बराबरको समान फेला

0

रौतहट – जिल्लाको सिमा नाकाहरुबाट चोरी निकासीका समानहरु प्रहरीको गस्ती टोलीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले रौतहटको गौर नगरपालिका वडा नं.५ बसपार्कमा भारतबाट भन्सार छली ल्याएइका करिब ७७ हजार २ सय ३५ मुल्य बराबरको सर्टको कपडा, लेडिज कुर्ता सुरुवाल, पेटीकोटको कपडा, चिनी, ग्यास चुल्हो मोबाईल चार्जर लगायतका सर-सामानहरु फेला पारेको हो ।

यसैगरी भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत मंगलबार  मध्यरातमा  जिल्ला प्रहरी कर्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटकै राजदेवी नगरपालिका वडा नं. ९ ब्रम्हपुरीमा नेपालवाट भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको अवस्थामा सौफी रक्सी मटर (केराउ) को बोराहरु वेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीको गस्ती टोलीलाई देखि सौफी रक्सी र मटर (केराउ) को बोराहरु छाडी भागी फरार भएकोले ४२ वटा कार्टुनमा रहेको १ हजार २ सय ६० पिस सोफी रक्सी र २ वटा बोरामा रहेको ५० किलो मटर (केराउ) समेत गरी अन्दाजी १ लाख १० हजार ७ सय ३५ बराबरको सर-सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो । वेवारिसे अवस्थामा फेला पारेका उक्त सामान आवश्यक कारवाहीको लागि बुधबार गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार