देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे

0

काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन् । ३ सय ३० मत ल्याएर उनी संघको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी सरोजकुमार पोखरेलले २ सय ८३ मत प्राप्त गरे ।

संघको २७ औं साधारणसभा अन्तर्गत मंगलबार राति सम्पन्न निर्वाचनमा गैरेले कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए । पोखरेलले सत्तारुढ नेकपा र समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट उम्मेदवारी दिएका थिए ।

संघमा लोकतान्त्रिक समूहको ’प्यानल’ नै विजयी भएको हो । निर्वाचित प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ छन् ।

यस्तै, सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले पनि विजयी भए ।

निर्वाचनमा कुल ६ सय २१ प्रतिनिधिले मतदान गरेका थिए । निर्वाचनमा सहभागी हुन ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए । म्यानपावर धरौटी बढाएसँगै ८ सय ५४ म्यानपावर कम्पनी कायम भए पनि १ सय ९६ कम्पनी निर्वाचन प्रक्रियामा नै सहभागी भएका थिएनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार