देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल पक्राउ

0

काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेललाई प्रहरीले पक्राउ गरेको छ । आइतबार काठमाडौंको माइतीघर मण्डलामा सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गर्ने क्रममा गजुरेलसहित अन्य नेताकार्यकर्ता पक्राउ परेका हुन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)का अध्यक्ष समेत रहेका गजुरेलसहित मोर्चाका महासचिव परी थापा र नेता पवनमान श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

माइतीघरबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार