देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वैशाख १४ गते स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस

0

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकैपटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ।

बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवासिहत मन्त्रीहरुसँगको छलफलमा आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन एकैपटक १४ वैशाखमा गर्न प्रस्ताव गरेका हुन्।

‘स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख महिनामा गर्नुपर्ने र एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणको मिति २०७९ वैशाख १४ गते बुधबारको दिन र दोस्रो चरण मिति वैशाख २२ गते बिहीबार दिन गर्न सकिनेछ,’ आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

छलफलमा स्थानीय तहको निर्वाचन भोटिङ मेशिनको माध्यमबाट गर्न आग्रह गरिएको छ। ‘राजनीतिक दलहरुसँगको छलफलबाट कायम गरी सबै क्षेत्रहरुमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रहरुमा भोटिङ मेशिन प्रयोग गर्दै जानुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार