देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

0

काठमाडौं – सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाणले बताए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।

सरकारले निर्धारित मितिमा देशभर स्थानिय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको पनि मन्त्री खाँणले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार