देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शनिबार पनि अधिकांश स्थानमा वर्षा र हिमपात, कहिले हुन्छ मौसममा सुधार?

0

काठमाडौं – शनिबार पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ। अपरान्हपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ।

महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार