देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरले भने – आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु

0

काठमाडौं – सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सिद्धार्थनगरका निर्वाचितनगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस धनसिंह महराले शपथ ग्रहण गराएका हुन । यस्तै नगरप्रमुख खानले उपप्रमुखसहित वडाध्यक्षहरुलाई सपथ ग्रहणगराएका छन् ।

सिद्धार्थनगरमा गठबन्धनबाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका ईस्तियाक अहमद खान नगर प्रमुखमा निर्वाचित भएका हुन् ।  उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी हुन ।

नवनिर्वाचित नगरप्रमुख खानले नगरमा छाडा चौपाया व्यवस्थापनका लागि कान्जी हाउस, डुबानको समस्यालाई हटाउन नाला सफाइ, क्रियापुत्री भवन लगायतको कामलाई प्राथमिकता दिँदै महिला विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने बताए ।

उनले आफूले पाएको मत बराबर वृक्षारोपण  गर्ने प्रतिबद्धता जनाउदै भएका वृक्षहरुको संंरक्षण र सम्वर्द्धनमा पनि नगरपालिका पछि नपर्ने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार