देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शर्मा दाजुभाईद्वारा आफ्नो चरित्रहत्या गरेको पत्रकार इन्जिना कार्कीको दाबी

0

काठमाडौं – पत्रकार इन्जिना कार्कीले आफूलाई ज्ञानेन्द्र शर्मा र उनका दाजु केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरेको दाबी गरेकी छिन् ।

जि टिभिकी रिपोर्टर कार्कीले ठूलो ब्याजको प्रलोभनमा परेर १० लाख रुपैयाँ शर्मा दाजुभाइलाई दिएको बताईन् । ‘२१ महिनामा १० लाखको १६ लाख दिन्छु भनेर लिनुभयो तर फिर्ता गर्नुभएन,’ कार्कीले भनिन् । पैसा नदिन उल्टै षड्यन्त्र गरेर चरित्रहत्या गरेको बताइन् ।

भाइले विदेशबाट पठाएको घर खर्च पैसालाई बचाएर राखेको रकमको राम्रो ब्याज आउने सहकारीको खोजीमा आफू रहँदा केदार नाथले १० लाख रुपैयाँ राखेमा २१ महिनामा १६ लाख दिन्छु भनेपछि दिएको सुनाइन् ।

उनले भनिन्, ‘म उहाँको कुरा सुनेर, ठूलो ब्याजको लोभमा परेर राजिखुशीसाथ १० लाख रुपैयाँ ज्ञानेन्द्र शर्मा र केदारनाथ शर्मालाई दिएँ । सुरुमा केदारनाथलाई ५ लाख दिए । तर केदारनाथ सम्पर्कविहीन हुनुभयो ।’ विभिन्न प्रयासपछि शर्मा दाजुभाईले १६ लाख रुपैयाँको चेक २०७८ बैशाख २ गते साट्ने समय दिएर आफूलाई दिएको बताइन् ।

उनले भनिन्, ‘सो समयमा जाँदा खातामा पर्याप्त पैसा नै रहेनछ ।’ चेक बाउन्सको कुरा अगाडि बढाएपछि एनआइसी बैंकको खाता ८ लाख रुपैयाँ बैंकमा हालिदिएपछि पुन सम्पर्कविहीन भएको उनले आरोप लगाइन् ।

उनले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै भनिन्, ‘मैंले लिन बाँकी ६ लाख रुपैयाँको चेक बाउन्स गरेको प्रहरीलाई खबर गर्छु भनेपछि हतार–हतार प्रहरीलाई खबर नर्गनुस भन्दै शर्मा दाजु भाईले २ लाख रुपैयाँ दिए अनि राजिखुशी साथ १६ लाख रुपैयाँको चेक फिर्ता गरेको हो ।’ पछि होटल हिमालय नजिकको क्याफेमा १ लाख दिने भनेर बोलाएर आफूमाथि प्रहरी लगाएको आरोप लगाइन् । उनलाई प्रहरीले केहिदिन अघि पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार