देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शारीरिक सम्बन्ध राखेको भिडियो खिचेर धम्की दिने युवक पक्राउ

0

काठमाडौं – महिलाहरूसँग शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिचेर सार्वजनिक गर्ने धम्की दिँदै पैसा असुल्ने एक युवक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा म्याग्दी नगरपालिका वडा नं. ५ बस्ने सन्तोष किसान हुन् ।

उनले सामाजिक सञ्जालमार्फत महिलाहरूसँग सम्पर्क गर्दै शारिरीक सम्बन्ध स्थापित गरी गोप्य रुपमा भिडियो र फोटो खिच्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ ।

त्यसपछि उक्त फोटो र भिडियो पीडित महिलाको आफन्तहरूलाई पठाइदिन्छु भन्दै धम्की दिएर पैसा माग्ने गरेका उनले महिलालाई पुनः शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य समेत पार्ने गरेको पाइएको छ ।

उपरीक्षक रेग्मीका अनुसार आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको उजुरीको आधारमा किसानलाई गत जेठ १४ गते काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेर उनलाई अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार