देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शिक्षकसेवा आयोगले माग्यो १५ सय ४४ मावि शिक्षक

0

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ ।

नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

लामो समयदेखी नयाँ शिक्षको पदपुर्तीको व्यबस्था नहुँदा स्थानिय सरकारहरुले निजी स्रोत तथा आन्तरिक व्यवस्थापनमा काम चलाउँदै आएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार