देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शिक्षण अस्पताललाई प्रारम्भद्वारा २५ थान पीपीई सहयोग

0

(काठमाडौं) – प्रारम्भ नामक सामाजिक संस्थाले त्रिवि शिक्षण अस्पताललाई नि:शुल्क व्यक्तिगत सुरक्षा सामग्री पीपीई उपलब्ध गराएको छ । सो संस्थाले बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई २५ थान पीपीई नि:शुल्क उपलब्ध गराएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमराज खड्का एवं चिकित्सक टोलीलाई प्रारम्भ अध्यक्ष कल्पना क्षेत्री र प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले सो पीपीइ हस्तान्तरण गरेका हुन् । संस्थाका अनुसार पीपीई ड्रेस २५ थान, एन ९५ मास्क २५ थान, फेससिल्ड (भाइजर) २५ थान र गमबुट २५ थान गरी १ सय थान सामग्री रहेको संस्थाले जनाएको छ ।

प्रारम्भले पीपीई सहित कोरोना प्रभावितहरुका लागि खाद्यान्न तथा प्राथमिक स्वास्थ्य सामग्री समेत राहत स्वरुप वितरण गरिरहेको संस्थाका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले जानकारी दिए । संसारभर फैलिएको कोभिड–१९ को त्रास र अपनाउनु पर्ने सतर्कता सहित लकडाउनका कारण सिर्जित प्रतिकूल अवस्थाका बाबजुत मुलुकलाई पर्न लागेको संकटमा क्षमता अनुसारको सहयोग गर्न आवश्यक ठानेर संक्रमण विरुद्दको अभियानमा मैदान आएको समेत उनले बताए ।

त्रिवि शिक्षण अस्पताल सहित वीर अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धुलिखेल अस्पताल लगायतका संस्थालाई पीपीई लगायत स्वास्थ्य सामग्री प्रदान गरिने प्रारम्भ अध्यक्ष कल्पना क्षेत्रीले बताईन ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार