देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शिक्षामन्त्रीमाथि ओलीको अभिव्यक्ति स्त्रीद्वेषी – गगन थापा

0

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी भएको बताए । ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको बताए ।

उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको बताए । उनले यस सम्बन्धमा नेपाली कांग्रेसले ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने बताए ।

उनले भने, ‘केही दिनअघि नेपालको एकजना पूर्वप्रधानमन्त्रीले अहिलेको बहालवाला मन्त्रीको बारेमा तुच्छ टिप्पणी गर्नुभयो । महिला भएको कारणले हेपेर टिप्पणी गर्नुभयो । त्यो हेपाई र उहाँले दिएको अभिव्यक्ति स्त्रीदोषी पनि थियो । त्यो विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो । नेपाली कांग्रेसको एउटा व्यक्तिले त्यो घटनाका बारेमा धारणा बनाउँदै गर्दा नअल्मलिकन धारणा बनाउनुपर्छ । एउटा पूर्वप्रधानमन्त्रीले, पार्टीको नेताले अर्को पार्टीको नेता, जो बहालवाला मन्त्री हुनुहुन्छ, उसको बारेमा मात्रै होइन, कुनैपनि नेपाली नागरिक र महिलाका बारेमा गरेको यो टिप्पणी गलत छ । कांग्रेसका आँखाले हेर्दा गलत भन्न सक्नुपर्छ ।’

माननिय सांसद थापाले पार्टीका विषयमा छलफल गर्ने परिपाटी पुनः विकास गर्न जरुरी रहेको बताए । उनले काठमाडौं कांग्रेसले रिभाइभ गरेर अघि बढ्न जरुरी रहेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार