देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शिव बहादुर सुनारको पक्षमा माहोल बन्दै

0

काठमाडौं  – नेपाली कांग्रेस यतिवेला १४ औं महाधिवेशनको संघारमा छ । सो सन्दर्भमा विभिन्न नेताहरुले विभिन्न पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

नयाँ कार्यसमितिको लागि सोमबार विहानदेखि नै चुनाव हुँदैंछ । जिल्ला उपसभापति तथा महासमिति सदस्य सिन्धुपाल्चोकका सक्रिय नेता शिव सुनार एक हुन् । उनले दलित कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

२०४४ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक सुरु गरेका सुनार अहिले केन्द्रीय सदस्यमा उठका हुन् । उनले तत्कालिन समयमा नेपाल विद्यार्थी संघबाट राजनीतिक सुरु गरेका थिए । त्यसपछि २०४८ देखि २०५१ सम्म पार्टीको गाविस कमिटीको सचिव भएर पनि काम गरे ।

२०५४ सालमा नेपाल शिक्षक संघको जिल्ला कार्यसमितिमा बसेर सुनारले लामो समय काम गरे । पार्टीको जिल्ला समन्वयन विभागको सदस्य बनेर पनि काम गरेका सुनारले राजनीतिक जीवन त्यतिमै सिमित भएन ।

२०६७ सालमा आएर उनी पहिलो पटक महाधिवेशन प्रतिनिधिमा चु्निए । उनी २०७२ को १३ औं महाधिवेशनमा पनि उनी प्रतिनिधि भए । जिल्ला उपसभापति भएर काम गरे सुनार नेपाल दलित संघ, पार्टीको दलित विभागमा बसेर पाटीभित्र र बाहिर सक्रिय रुपमा आफ्ना भूमिका निर्वाह गरेका छन् ।

चुनावी मैदान उत्रिदै गर्दाले उनले आफु केन्द्रीय सदस्यका लागि पुर्ण रुपमा योग्य भएको बताए । विगतमा पार्टीका विभिन्न तहमा बसेर काम गरिसकेकाले अबको पालो केन्द्रीय कमिटी नै भएको उनको भनाइ छ ।

सुनारले दलित कोटाबाट केन्द्रीय कमिटीमा उम्मेदवार दिएका हुन् । विशेषगरि दलित समुदायका लागि हक अधिकारका लागि लड्ने भन्दै एजेण्डा बनाएका छन् । साथै, दलित समुदायलाई राजीनिक मुलधार ल्याउने पनि उनको एजेन्डा छ । दलितहरु पनि लोकतन्त्र, राष्ट्रियता, समाजवद जोगाउन सक्ने क्षमताको भएको उनको भनाइ छ ।

लामो समयदेखि महासमिति सदस्य भई काम गरेको हुँदा अब पार्टीको कन्द्रीय कमिटीमा बसेर काम गर्न पाउनु पर्ने उनको भनाइ छ ।

कांग्रेसले सविधान अनुसार पार्टीलाई नीतिगत रुपमा समावेशिताको व्यवस्था गरेको छ । त्यसभित्र बसेर आफुले दलित समुदायका हक हितका लागि लड्ने उनको भनाइ छ । सिंगो पार्टी र लोकतन्त्रको विकासका लागि पनि लड्ने उनको योजना छ ।

पार्टीले दिएको आरक्षण कोटा एउटै व्यक्तिले पटक पटक प्रयोग गर्न नहुने उनको भनाइ छ । एउटा व्यक्तिले बढीमा २ पटक मात्र आरक्षणको सुविधा लिनुपर्ने उनको भनाइ छ । एउटै व्यक्तिले पटक पटक आरक्षण लिदाँ अन्य व्यक्ति पछाडी पर्ने र फगत सिगो समुदाय नै पछाडी पर्ने उनको तर्क छ ।

पछिल्लो समय ३०/४० लाख युवा मतदाताका रुपमा थपिएका छन् । उनीहरुलाई आर्कषण हुने गरि पार्टीलाई अगाडि बढानुपर्ने उनको तर्क छ । उनीहरुलाई आर्कषण गर्न नयाँ विचार, नयाँ एजेण्डा ल्याउनुपर्ने उनको भनाइ छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार