देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शुक्रबार थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाडौं – नेपालमा शुक्रबार थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ३३ जना संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको मुल संख्या १८ हजार ३ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाको संक्रमण मुक्त हुनेको कुल संख्या १२ हजार ९४७ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अुनसार पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ८७ पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयको तथ्यांक अनुसार क्वारेन्टाइनमा १९ हजार ४४४ जना र आइसोलेसनमा ५ हजार ३८३ जना रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार