देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि

0

(काठमाडौं) – शुक्रबार थप ३० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कारोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार एक बालिका, ३ महिला र २६ जना पुरुष गरी ३० जनामा संक्रमण देखिएको हो ।

शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन् । संक्रमित मध्ये १५ जना सर्लाहीका रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सलार्हीको गोडैता नगरपालिका वडा नम्बर ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नम्बर–७ का गरी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र एक १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, कपिलवस्तुको बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र एक ८ वर्षीया बालिका गरी ९ जनामा संक्रमण देखिएको हो ।

चितवनको भरतपुर महानगरपालिका–६ केसरबाघ बस्ने ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला तथा नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका–५ का ४५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार