देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

0

अनु खनाल/पाल्पा – तानसेन पाल्पा सिल्खानटोल टोल विकास संस्था २ ले शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम गरेको छ ।हिन्दूहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा संस्थाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा टोल विकास संस्थाकी अध्यक्ष रमा पन्तले यस्तो कोभीडको महामारीको अवस्थामा पनि हामी सबै मिलेर नारीहरुका दुख वेदनाहरु पोख्ने र एकैछिन भए पनि भेला भएर रमाईलो गर्ने ,तिजको दर खाने कार्यक्रम पार्टी प्यालेसहरुमा नगरी आफ्नो घरमै सुरक्षित भएर मनाउन सबैजनालाई आग्रह गर्दै शुभकामना व्यक्त गरेकि थिइन ।

उक्त कार्यक्रममा टोल विकासका सबै दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम आफ्नो परिचयबाट र पुराना गितहरु गाएर सुरु गरिएको थियो ।

संस्थाकी अध्यक्ष रमा पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जिबा आले सचिब भुनु थापा सल्लाहकारहरु राजन प्रसाद पन्त अजय कर्माचार्य यादव सिंह कार्की सैलेन्द्र भट्टराई लगायतको उपस्थिती थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार