देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शेर्पा समुदाय ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

0

काठमाडौं – शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार आज बिहिबार देशभर मनाइँदै छ ।  सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

१६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ग्याल्पो ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको हो ।

देशभरका सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार