देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

श्रीमतीको हत्या अभियोगमा तेह्थुमबाट एक पक्राउ

0

तेह्रथुम – बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा तेह्थुमबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालिगुराँस नगरपालिका-३ मुसाङ्खेल बस्ने ४३ वर्षीय नर बहादुर लिम्बु रहेका छन् ।

बञ्चरो प्रहार गरी ४७ वर्षीया श्रीमती मइतरानी लिम्बुको हत्या गरेको अभियोगमा लालिगुराँस नगरपालिका-३ मुसाङ्खेल माथिल्लो लिम्बु टोल बस्ने लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा नर बहादुरले बञ्चरोले टाउकोमा प्रहार गर्दा मइतरानीको घट्नास्थलमै मृत्यु भएको थियो ।  उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले नर बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार