देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

श्रीमतीको हत्या अभियोगमा कास्कीबाट एक पक्राउ

0

कास्की – श्रीमतीको हत्या गरेको अभियोगमा कास्कीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर विक रहेका छन् ।

आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी विकको कुटपिट गरी हत्या गरेको अभियोगमा विकलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । देव बहादुरले शनिबार कुटपिट गर्दा घाइते भएकी उनकी देवीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डााडाकोनाकबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्की मार्फत ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार