देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक पक्राउ

0

झापा – खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा दमक नगरपालिका–१ बस्ने ४७ वर्षीय चुडामणि भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनकी श्रीमती ३८ वर्षीया टीका देवी पौडेल र सोही नगरपालिका–२ बस्ने ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका–६ जीवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा चुडमणिले दुबै जनालाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहरबाट टीकाको घटनास्थलमै मृत्यु भएको थियो भने, प्रकाशचन्द्र घाइते भएका थिए । सो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते प्रकाशको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार