देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

श्रीमतीको हत्या गरेर टाउको बोकेर भाग्दै गरेका श्रीमान पक्राउ

0

काठमाडौं – सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका–३ स्थित तोक्मा घर भएका ३८ वर्षीया अमरबहादुर आले मगर  श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

हत्यापछि मगर श्रीमतीको टाउको प्लास्टिक झोलामा पोको बनाएर भागेका थिए । ३० वर्षीया मिना आले मगरलाई  हँसिया प्रहार गरेर घाँटी काटेर हत्या गरेर भाग्दै गरेको अवस्थामा अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट  प्रहरीले उनलाई पक्राउ गरेको हाे । आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मगर एक वर्षअघि मात्र बैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीहरुका एक छोरा र एक छोरी भएको समाचार नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार