देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

श्रीमतीलाई कालाेमाेसाे दलेर दिसा खुवाउने श्रीमानसहित सातजना पक्राउ

0
<p>सांकेतिक तस्विर</p>

सांकेतिक तस्विर

काठमाडाैँ – हुम्लामा पर-पुरुषसँग सम्बन्ध राखेकाे आराेपमा श्रीमतीकाे कपाल मुडेर कालाेमाेसाे दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन्। हुम्लाको सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार भएकाे याे घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए। उनका अनुसार श्रीमानसहित पक्राउ परेका सातैजनाले दिसा खुवाएकाे बाहेक अरु सबै अपराध स्वीकारेका छन्।

पीडित महिलालाई केही गाउँलेहरुकाे सहयाेगमा उद्धार गरेर शुक्रबार नै जिल्ला प्रहरी कार्यालय ल्याइएकाे र अहिले संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएकाे डीएसपी सुवेदीले जानकारी दिए।

परपुरुषसँग सम्बन्ध राखेर ‘गाउँको इज्जतमा दाग’ लगाएका कारण कारबाही गरेको पक्राउ परेकाहरुले बताएको डीएसपी सुवेदीले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार