देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

श्रीमानले मन्त्रीको सपथ खाँदा श्रीमती सरकार ढाल्ने हस्ताक्षरकर्ता

0

काठमाडौं – संविधानतः कामचलाउ भइसकेको केपी ओली नेतृत्वको सरकारले आज मन्त्रिपरिषद बिस्तार गरेको छ । मन्त्रिपरिषद विस्तार गर्दा पूर्वमाओवादी पृष्ठभूमिका ५ जना मन्त्रीले राजिनामा दिएको स्थानमा पुर्व माओवादीकै ५ जनालाई फुल मन्त्री दिइएको छ ।

मन्त्रीपरिषद बिस्तारमा २०७४ को प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक २ (ख)बाट नेपाली कांग्रेसका निमा लामासँग पराजीत भएका दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेशमा हारे पनि मन्त्री हुने भाग्यमानी दाबा लामाकी श्रीमती कुमारी मोक्तान बागमती प्रदेशसभा  सदस्य हुन् । उनले आज बागमती प्रदेशका मुख्यमन्त्रीबिरुद्ध दर्ता भएको ४५ जनाको हस्ताक्षरहितको अविश्वास पस्तावमा सही गरेकी छन् । श्रीमान दाबा संघीय सरकारमा मन्त्री भए पनि उनकी श्रीमतीले प्रदेश सरकार ढाल्ने अविश्वास प्रस्तावमा सही गर्नुलाई आश्चर्यका रुपमा लिइएको छ ।

यो क्रियाकलाप दावा दम्पतीको राजनीतिक चतुर्‍याइँ होकि नेकपा विभाजनको मौकामा नेतृत्वको जालसाजी हो त्यो त हेर्न बाँकी नै छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार