देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडानको भाडा घटायो

0

(काठमाडौं) – निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उडानको भाडादर घटाएको छ । कम्पनीले काठमाडौँ–पोखराका लागि भाडा दर दुई हजार रुपैया निर्धारण गरेको छ । पोखरा–काठमाडौँ सम्मको भाडा दर दुई हजार ६ सय कायम निर्धारण गरेको कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ ।

आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौँको भाडा दर अहिलेसम्म कै सबैभन्दा कम राखेको हो । बुद्ध एयर र यती एयरलाइन्सको पोखराबाट काठमाडौँ आउँदा पाँच हजार ५० सम्म भाडा दर रहेको छ । श्रीले आगामी शुक्रबारदेखि पोखरामा टर्वोपर्प जहाजबाट सेवा दिने भएको छ ।

कम्पनीको ८० सिट क्षमताको जहाजले यसअघि नै परीक्षण उडान सफल गरिसकेको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिनाअघि नयाँ टर्बोप्रोप क्यू–४०० जहाज भित्र्याएको थियो । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले पर्यटकीय क्षेत्रको व्यावसायिक सम्भावना तथा यात्रुको सुविधालाई ध्यान दिई पोखरामा सेवा विस्तार गर्न लागिएको बताए ।

जनकपुर, सिमरा, भरतपुर, पोखरा लगायत साना एयरपोर्टबाट सेवा दिने गरी यी जहाज ल्याइएको हो । श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार