देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संक्रमितको शव जलाउनेलाई थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता

0

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाउने कर्मचारीलाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने घोषणा गरेका छन् ।

शुक्रबार मन्त्रालयमा कार्यभार ग्रहण गर्दै मन्त्री ढकालले उक्ता घोषणा गरेका हुन् । घोषणाले आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारीलाई सम्बोधन गर्ने उनले प्रष्ट पारे ।

अहिले पर्यटन क्षेत्रको विकास र विस्तारको काममा नभई  उद्धार र राहतमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन समेत उनले दिए ।

कर्मचारीलाई उनले सरकार फेरि केही हुन्छ कि भनेर चिन्ता नलिई का मगर्न र बजेटबारे आवश्यक तयारी गर्न निर्देशन दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार