देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संखुवासभामा बस दुर्घटना : १३ जनाको मृत्यु

0
<p>फोटो &#8211; सामाजिक सञ्जाल बाट</p>

फोटो – सामाजिक सञ्जाल बाट

काठमाडौं – संखुवासभामा बस दुर्घटनामा परेको छ । संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहानै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सातघुम्ती भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले दिएको जानकारीअनुसार अहिलेसम्म दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यसमध्ये ९ जना पुरुष र ४ जना महिला भएको उनले जानकारी दिए ।  घाइते पाँचजनालाई अस्पताल लगिएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए ।

उनका अनुसार बस सडकबाट निकै तल खसेको छ । क्षति अझै बढी हुन सक्ने उनले जानकारी दिए ।

घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङले १३ जनाको शव निकालिएको बताए । मृतकहरुको पहिचान भइसकेको छैन ।

बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको स्थानीय डम्बरबहादुर बस्नेतले बताएका छन् । उनका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार