देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संगठित अपराध कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

0

भोजपुर – संगठित अपराध कसुर मुद्दाका फरार एक प्रतिवादी भोजपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ट्याम्केमैयुङ गाउँपालिका–८ खनिया खर्क बस्ने ४० वर्षीय मादेन भन्ने मोहन राई रहेका छन् ।

संगठित अपराध कसुर मुद्धाका फरार प्रतिवादी राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

संगठित अपराध कसुर मुद्धामा संलग्न रहि २०७६ फागुन २ गतेबाट फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धना गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार