देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संगम ,सन्तोष र कोपिला तामाङको “मुटुको धड्कन” सार्बजनिक( भिडियो सहित)

0

काठमाडौं – गायक सर्जक संगम थापा ,सन्तोष अधिकारी र गायिका कोपिला  तामाङ वाईवाको स्वर रहेको नयाँ गीत रिलिज भएको छ ।

लोक दोहोरी गायक संगम थापा र गायिका कोपिला  तामाङ वाईवाको भर्खरै रिलिज “मुटुको धड्कन” बोलको गीतले दर्शकको मन जित्ने विश्वास गरीएको छ ।

प्रेमिल शब्दहरुले भरिएको बियोगान्त गीतमा गायक संगम थापा,सन्तोष अधिकारीको शब्द अनि संगीत रहेको छ भने नारायण दङ्गालको एरेन्ज रहेको छ। सार्वजनिक दोहोरी भाकालाई MF डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।

त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ ।  भिडियोमा लोकप्रिय कलाकार जिबन कार्की,आयुष्मा कार्की,सन्तोष अधिकारी लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।

गीतको भिडियोमा संगम थापा,सन्तोष अधिकारीको कथा र निर्देशन रहेको छ । आकर्षक फ्रेममा  सरोज शाहि ,सन्तोष तिमल्सिनाले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई  रोशन धितालले सम्पादन गरेका छन् ।

भर्खरै मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा दर्शक श्रोताको राम्रो प्रतिक्रिया मिलेको लोक दोहोरी गायक सुदर्शन तिमल्सिनाले जानकारी दिए ।

हेर्नुस भिडियो….

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार