देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संघियता कार्यान्वयनको प्रमुख जिम्मेवारी स्थानीय तहमा – पुर्व राष्ट्रपती यादव

0

नुवाकोट -गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संघियता कार्यान्वयनको प्रमुख जिम्मेवारी स्थानीय तहमा रहेको वताएका छन् ।

नुवाकोटकोको शिवपुरी गाउँपालिकाको प्रशासनिक भवन शनिबार उद्घाटन गर्दै डा. यादवले नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न वनाएकोले अधिकारको सदुपयोग गर्न आग्रह गरेका थिए ।

नागरिकलाई आवस्यक पर्ने प्रशासनिक कामहरु विना झञ्झट सम्पन्न गरी संघियतालाई सफल बनाउन स्थानीय निकायको भूमिका महत्वपूर्ण रहेको डा. यादवको भनाई छ ।

राजनितिक दलहरुको निहित स्वार्थका कारण मुलुक संकटमा गुज्रिएको बताउँदै उनले आसन्न निर्वाचन मार्फत समग्र मुलुकको सर्वाङ्गीण विकासकालागी एकजुटहुन सबैमा आव्हान समेत गरेका थिए ।

१२ वटा स्थानीय तह रहेको नुवाकोटमा शिवपुरीले सबैभन्दा पहिले प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । दुई वर्ष अघिदेखि नै नयाँ प्रशासनिक भवनबाट सेवा दिदै आएको गाउँपालिकाले भवनको औपचारिक उद्घाटन भने शनिवार गरेको हो ।

कोरोना संक्रमण र लकडाउनका कारण यस अघि पटकपटक आयवजना गरिएको कार्यक्रम स्थगित हुँदा औपचारिक शुभारम्भ गर्न ढिलाई भएको गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले वताए ।

३ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण भएको भवनबाट गाउँपालिकाले प्रवाह गर्ने सवै प्रशासनिक सेवा प्रवाह गर्न सकिएको बताईएको छ । गाउँपालिकाको १२ वडा मध्ये चार वटा वडाले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह गरिरहेको अध्यक्ष थापाले जानकारी दिए ।

कार्यक्रममा शुभकामना दिनेक्रममा पुर्बमन्त्री एबम काङ्ग्रेस नेता डा रामशरण महत, अर्जुननरसिंह केसी, बागमती  प्रदेश उपसभामुख राधिका तामाङ, संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसी, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत, नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली, नेकपा समाजवादीका सचिव पदम उप्रेती लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार