देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

0

(काठमाडौं) – राष्ट्रिय जनमोर्चाले  संविधान संशोधन विधेयक दर्ता गरेको छ। सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै विभिन्न दलहरुले आफ्नो तर्फबाट संशोधनको प्रस्ताव दर्ता गर्ने क्रममा राष्ट्रिय जनमोर्चाले पनि आफ्नो संशोधन प्रस्ताव दर्ता गरेको हो ।

यसअघि राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेसले संघीय संसदमा आ-आफ्नो संशोधन प्रस्ताव दर्ता गरेका थिए

देशले संघीयता धान्न नसक्ने भएकाले संघ र स्थानीय तह कायम हुनेगरी संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए।

मुलुकमा परिवर्तित संघीय ब्यबस्थाको सुरुवाती सँगै राष्ट्रिय जनमोर्चा नेपालले कुनैपनी हालतमा संघीयता धान्न नसक्ने भन्दै आइरहेको थियो । यसकै निरन्तरता स्वरुप जनमोर्चाले अहिले विद्यमान शासन प्रणालीबाट प्रदेशको संरचना खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार