देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बिहान ११ बजे शुरू हुनेछ।

आजको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचि रहेको छ।

आजको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्।

यस्तै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गर्ने कार्यसूचि रहेको छ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने अर्को कार्यसूचि रहेको छ।

अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक, २०७५ सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ।

विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले पशु स्वास्थ्य सेवा परिषद् विधेयक, २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने अर्को कार्यसूचि रहेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार