देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संघीय संसद सचिवालयद्वारा राहत कोषमा १ करोड सहयोग

0

(काठमाडौं) – संघीय संसद सचिवालयले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा पहिलो चरणमा मंगलबार १ करोड बढी रकम जम्मा गरेको छ । सचिवालयले महालेखा नियन्त्रकको कार्यालय मार्फत आज १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रण बसन्तराज सिग्देलले जानकारी दिए ।

मंगलबार पठाईएको रकम प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा, राष्टिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहालले यस अघि घोषणा गरेको एक महिनाको पारिश्रमिक बराबरको रकम पठाइएको छ ।

यस्तै, नेकपा संसदीय दलका १ सय ९५ जना सांसदको आधा महिनाको तलब बराबरको रकम, निजी सचिवालय, स्थाई तथा करार कर्मचारीका तर्फबाट गरिएको योगदानको रकम पनि पठाईएको छ ।

पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद प्रदिप यादव र राष्टिय जनमोर्चाकी सांसद दुुर्गा पौडेलको एक महिना बराबरको तलब पनि कोषमा पठाइएको छ । संघीय संसद सचिवालयका अनुसार बाँकी सांसदहरुले कोषमा गरेको राहत रकम भने अर्को महिना जम्मा हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार